भोलिदेखी लामो दुरीको सवारी नचल्ने, अन्तिम दिन बसपार्कमा जे देखियो (फोटोफिचर)

काठमाडौं । यो दृश्य काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको हो । यहाँ सधैंजसो यात्रुहरुको चहलपहल भइरहन्छ । तर, आज सामान्य दिन भन्दा अलि बढी नै व्यस्त देखियो बसपार्क ।

यात्रुहरु प्राय सबै आफ्नो परिवारसँग थिए । स्कुल पढ्ने उमेरका केटाकेटीहरु आफ्ना अभिभावकसँग थिए । झोलाहरु पनि ठूला थिए उनीहरुका । निकै लामो बसाइका लागि गएजस्तो देखिन्थ्यो । टिकट काउन्टरमा पनि खचाखच भीड लागेको छ ।

छिमेकी मुलुक चीनको वुहान सहरबाट अंग्रेजी वर्षको डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व त्रसित बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासील गर्न सकेको छैन ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १३ हजार ६८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ८२ हजार ५७ जनालाई संक्रमण भएको छ । अहिलेसम्म १८८ देशमा संक्रमण फैलिएको छ ।

छिमेकी मुलुक चीनको वुहान सहरबाट अंग्रेजी वर्षको डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व त्रसित बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासील गर्न सकेको छैन ।

हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । तर सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ । यसैबीच देशभरका मन्दिरहरुमा मानिसको चहलपहल नघटेको भन्दै समाचारहरु बाहिरीएपछि धेरै मठ मन्दिर शिवालय बन्द भएको छ । उता मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । गोरखाको मनकामना मन्दिर शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । तर काठमाडौंको पशुपतिनाथ मन्दिरमा अझै पनि भक्तजनको भीड देख्न सकिन्छ । यहाँ भारतिय भक्तजनलाई समेत कुनै रोकतोक छैन । यसैबीच चन्द्रगिरी केबुलकार पनि बन्द भएको छ ।

उता चितवनमा पनि हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

बसपार्कमा देखिएको यात्रुहरुको चहलपहल :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?