रुघाखोकी र ज्वरो देखिएपछि प्रदेश सभा सदस्य अस्पताल भर्ना

काठमाडौं । सुदूरपश्चिमकी एक महिला सांसदलाई उच्च ज्वरोको कारण अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

केहिदिन यता उनलाई रुघाखोकी र ज्वरो आएपछि सुदूरपश्चिम प्रदेश सभाकी सदस्य गत शुक्रवारबाट सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।

उनलाईलाई ज्वरो देखिएपछि आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ ।

साथै उनको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको .अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?