यो जोडीले गर्यो भर्‍याङमा उभिएर विवाह !

काठमाडौं । एक वर्षदेखि विवाहको तयारीमा जुटेका स्पेनिस एक जोडीले शुक्रवार भर्‍याङको सिँढीमा उभिएर विवाह गरेका छन् ।

विवाहका लागि जोडीले एक छिमेकीलाई आफ्नै भर्‍याङबाट विवाह समारोहको नेतृत्व गर्न र अन्य छिमेकीहरुलाई विटनेश बन्नका लागि भनिएको थियो ।

भिडियोमा कोरुना शहरको एक अपार्टमेन्टको भर्‍याङबाटै बाहिर निहुरिएर दुलहा डेनियल केमिना र दुलही अल्बा डियाजले ‘आई डु’ भनिरहेकी छन् ।

तर उनीहरुको योजना भर्याङमा विवाह गर्ने नभएको बताएका छन् । तर आफ्नो विवाहको तारिक लम्ब्याउन नचाहेकोले यसरी विवाह गरेको बताएका छन् । स्पेनमा अहिले कोरोनाका कारण लकडाउन जस्तै स्थिति बनेको छ ।

डेनियल केमिना र अल्बा डियाजले गएको हप्तादेखि देशमा कोरोना भाइरस तीव्र गतिका कारण फैलिएपछि त्यहाँ उनीहरुले विवाहको तयारी, पाहुनाहरुको स्वागत सत्कारको कार्यक्रम कोरोनाबाट बचाउन नसकिने भएकोले नगरेको बताएका छन् ।

केमिनाले अल्बाको खुसीको लागि मात्र यसरी विवाह गरेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?