कोरोना भाइरस रोकथामका लागि ५० करोडको कोष बन्यो

काठमाडौं । सरकारले कारोना भाइरस संक्रमणको रोकथामका लागि ५० करोडको कोष बनाएको छ । सरकारले सुरुमा ५० करोड रुपैंया जम्मा गर्ने गरी कोष निर्माण गरिएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
उक्त कोषमा संघीय सरकारका सबै मन्त्रीको १ महिनाको तलब समेत जम्मा गरिनेछ भने सो कोषमा राष्ट्रसेवक कर्मचारी, व्यवसायी, समाजसेवी तथा संघ संस्थाका व्यक्तिहरुका लागि आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?