१३ हजार घुस खाने २ जना वडा सदस्य समातिए

रौतहटको यमुनामाई गाउँपालिका वडा नं ३,का वडा सदस्य राम विश्वास मुखिया र निरगुन पासवान १३ हजार घुुसहित पक्राउ परेका छन् ।
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सिफारिसको लागि सहज गराई दिन्छु भनी सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पासवानलाई दुर्गाभगवती गाउँपालिका वडा नं ४ छतौना र मुखियालाई यमुनामाई गाउँपालिका वडा नं १ सुकदेव चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?