काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले सावधानी अपनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते राष्ट्रको नाममा गर्दै ‘सेमी लकडाउन’ को घोषणा गरेकोमा आइतबार बसेको मन्त्रपरिषदको बैठकले थप निर्णय गरेको छ ।
सरकारले कोरना भाइरस संक्रमणको संभावनालाई मधयनजर गरी निम्नबमोजिम जरूरी प्रबन्ध गरेको छः
– एक हप्तासम्म उत्तर र दक्षिणका नाकाहरूमा आवागमन बन्द । मालसामान (कार्गाे) ढुवानी सुचारू ।
– नेपाल आउने हवाई उडानहरू स्थगित ।
– लामाे दूरीका सवारी साधनकाे संचालनमा राेक ।
– अत्यावश्यक सेवाबाहेक अन्य सरकारी र सार्वजनिक काम बन्द ।
– नागरिकहरू सकेसम्म घर बाहिर निस्कन र भिंडमा जान सावधान ।
– ५० कराेडकाे काेष स्थापना, सबैलाई सक्दाे सहयाेग गर्न अपिल – सबैकाे साझा अभियान ।
– सशस्त्र प्रहरी अस्पताल बलम्बु काेरना आशंकितहरूकाे उपचार गर्ने छुट्टै अस्पताल ।
खाद्यान्न, आैषधि र अत्यावश्यक वस्तुकाे पर्याप्त भण्डारण र आपूर्तिकाे व्यवस्था गर्न जिम्मेवारी निर्धारण ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया