काठमाडौं । एउटै कुकुरको मूल्य लगभग करोडको आसपास पर्छ भन्दा हामीलाई लाग्छ । दक्षिण अमेरिकी देश कोलम्बियामा एउटा कुकुरको मूल्य नै लगभग करोड आसपास रहेको छ ।
कोलम्बिया देशलाई लागूऔषध तस्करीमा माहिर देशको रुपमा चिन्ने गरिन्छ । त्यहाँ निकै ठूला कारोबारी रहेको बताइन्छ । तर, पछिल्लो समय एउटा कुकुरले कोलम्बियाका धेरै तस्करको निद हराम गरिदिएको छ ।
सोम्ब्रा नामक उक्त कुकुरले २ वर्षमा झन्डै १ अर्ब रुपैयाँ बराबर मूल्यको लागूऔषध जफत गर्न प्रहरीलाई सहयोग गरेको छ । उक्त कुकुरलाई प्रहरीले प्रयोग गर्ने गर्दछ । त्यसै कुकुरले थुप्रै लागूऔषध कारोबारीलाई अहिले समस्यामा पारेको छ ।
अहिले आएर तिनै लागूऔषध कारोबारीले कुकुरको टाउकाको मूल्य तोकेका छन् । उनीहरूले उक्त ‘जासुसी कुकुर’लाई जिउँदै वा मारेर जिम्मा लगाउनेलाई ८० लाख रुपैयाँ इनाम दिने घोषणा गरेका पनि छन् ।
कोलम्बियाको पुलिस आफैँले यस कुकुरबारे सामाजिक सन्जालमा ट्वीट गर्दै उसको योगदान र कामको जानकारी दिएको थियो । खबरमा उल्लेख भएअनुसार सेफर्ड जातको सोम्ब्रा कुकुर पछिल्लो दुई वर्षययता कोलम्बियाको पुलिस विभागको एक कर्मचारीका रूपमा रहँदै आएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कुकुरको भूमिकामा स्थानीय प्रहरीले हालसम्म अढाई सय अपराधीलाई पक्राउन गर्न सफल भएको छ । यस कुकुरलाई अधिकांश समय त्यहाँका मुख्य एयरपोर्टको काममा खटाइन्छ ।
सञ्चारमाध्यमका अनुसार सोम्ब्राले सन् २०१६ को मार्चदेखि लागूऔषध कारोबारीविरुद्ध कारबाही तीव्र बनाएको थियो । उक्त कुकुरमा लागूऔषध सुँघेर पत्ता लगाउने विशेष क्षमता रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया