२ हजार वर्ष पुरानो चिहानमा भेटिएको रगत पिउन किन आतुर छन् मानिसहरु ?

काठमाडौं । के २ हजार वर्ष पुरानो चिहानमा रगत रहला ? सायदै हामी सबैको उत्तर हुदैन भन्ने नै हुन्छ । तर इजिप्टको अलेक्जेन्ड्रिया भन्ने शरहमा सरकार मातहतको पुरातत्त्व विभागले उत्खनन कार्य गरेको थियो । त्यसक्रममा करिब १६ फिट खनेपछि त्यहाँ झन्डै २ हजार वर्ष पुरानो एक चिहान भेटियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त चिहान २७ हजार किलो तौलको ढुंगाबाट तयार पारिएको थियो । यो घटना त्यस क्षेत्रमा निकै चर्चित पनि छ ।

कतिपयले त्यसलाई रहस्यमयी चिहान नै मान्ने गर्दछन् । स्थानीयले चिहान खन्न नदिने अवस्थाबीच सरकारले चिहान खनेको थियो ।

जब चिहान खन्दा निकै तल पुगियो, त्यहाँ नयाँ दृश्य देखिएको थियो । करिब २ हजार वर्ष पुरानो त्यस चिहानमा ३ जना मानिसका कंकाल फेला परेका थिए ।

त्यत्ति मात्रैहोइन, त्यससँगै त्यहाँ कुहिएको हजारौँ वर्ष पुरानो रगत पनि फेला परेको थियो । पानी मिसिएको रगत दुरुस्त रगतजस्तै देखिन्थ्यो ।

सरकारी अधिकारीले बताएअनुसार ति शव सम्भवतः सेनाका हुन सक्ने अनुमान गरिएको छ ।

पछि घटना बाहिर आएपछि अधिकारीले ति शव निकालेर कंकाल नेसनल म्युजियमलाई जिम्मा लगाएका छन् । अहिले उक्त चिहानको हेरचाह सरकारी सेनाले नै गरिरहेको खबरमा उल्लेख गरिएको छ ।

घटना बाहिरिएपछि त्यहाँका एक मानिसले अनलाइनबाट आफूले पानी मिसिएको दुर्गन्धित उक्त रगत पिउन चाहेको बताएका छन् ।

सोही विषयले अहिले निकै चर्चा पाइरहेको छ । थुप्रैले उनलाई रगत पिउने विषयमा साथ दिइरहेका छन् । ति व्यक्तिले भेटिएको गन्हाउने रगत पिएर आफू शक्तिशाली बन्न चाहेको दाबी पनि गरेका छन् ।

यद्यपि, त्यहाँका सरकारी अधिकारीले भने पानी मिसिएको उक्त रगतलाई रगत नभएर अन्य कुनै तरल पदार्थ रहेको हुनसक्ने बताएका छन् ।

उनीहरूले उक्त रगत मिसिएको पानी पिउन नहुने पनि बताएका छन् । तर, त्यहाँ त्यसरी भेटिएको रगत पिउन चाहनेको संख्या पनि बढिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?