भूत भगाउने भन्दै श्रीमतीलाई जुत्ताको पानी खुवाउने अनौठो परम्परा !

काठमाडौं । यो विश्वमा यस्तो संस्कार पनि छ, जसका कारण महिलाहरु रुढीबादी परम्परा शहन अझै पनि बाध्य छन् । रुढीबादी संस्कार मानेर महिलाहरु पीडा खेपीहरेका छन् । भारतको राजस्थानस्थित भिलवाँडा गाउँमा श्रीमतीहरुले आफ्नो श्रीमानको जुत्ताको पानी खानुपर्दछ ।

गाउँमा रहेको एउटा मन्दिरमा महिलाहरुलाई आफ्नो लोग्नेको जुत्तामा पानी भरेर खाँदा शौभाग्य प्राप्त हुने र महिलाको शरीरबाट भुत उत्रने विश्वासले यो प्रथा अहिले सम्म पनि चल्दै आएको छ ।

ति महिलाहरुलाई शरीरमा भुत पसेको आशंका भएपछि उनीहरुलाई श्रीमानसँगै मन्दिरमा लगेर श्रीमानले लगाएको जुत्ता खोल्न लगाइन्छ।

त्यसपछि भूत भगाउने तान्त्रिकले हातमा उक्त जुत्ता लिएर भूत लागेको भनिएकी महिलाको जिउमा क्रूर ढंगले जुत्ताले कुट्दछन् ।

त्यसपछि महिलालाई उक्त जुत्ता मुखले टोकेर गाउँ घुम्न लगाइन्छ र अन्त्यमा उक्त जुत्तामा पानी भरेर पिउन लगाइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?