काठमाडौं । एउटा मानिसका श्रीमती बढीमा कतिजनासम्म हुन सक्लान् ? धेरैमा २ जना धेरै भए ३ जना । तर संसारमा यस्ता पनि पुरुष छन्, जसले २ जना मात्रै नभएर ६० वटी श्रीमतीलाई विवाह गरेका छन् ।
अहिलेको समयमा पनि ६० वटी श्रीमती हुनु निकै अनौठो कुरा हो । तर, ति व्यक्तिले ६० श्रीमतीलाई विवाह मात्र गरेका छैनन् सबैलाई मिलाएर राख्न पनि सफल छन् ।
ति व्यक्ति भारत र म्यान्मारको बीचमा पर्ने आदिवासी क्षेत्रमा बसोबास गर्ने कोन्याक आदिवासी समुदायका एक राजा हुन् । ६ अंग नगोवांग नामका ति राजाको राज्यमा कूल ७५ वटा गाउँ छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गाउँको आधा भाग भारतमा पर्दछ भने आधा भाग म्यान्मारमा पर्दछ । उक्त राज्यका मानिस बेलुका म्यान्मारमा खाना खान्छन् र सुत्न भने भारत पुग्ने गर्दछन् ।
सञ्चारमाध्यमका अनुसार यि राजाका छोरा म्यान्मारको सेनाका जागिरे हुन् । यो राज्यका मानिसलाई भारत र म्यान्मार दुवै देशको नागरिकता वितरण गरिएको छ ।
उनै राजा अंग नगोवांग अहिले पनि आफ्नी ६० जना श्रीमतीसँगै बसिरहेका छन् ।
अझ अचम्मको कुरा त के छ भने, त्यस ठाउँका मानिसले राजाको काम आफैँ गरिदिन्छन् । राजाले कुनै काम गर्नु पर्दैन । यतिसम्म कि, ती राजाका ६० वटी पत्नीको हेरचाह पनि जनताले नै गर्दै आएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया