एक साताका लागि भारत र चीन सीमामा यात्रु आवागमन बन्द

काठमाडौं । सरकारले आज १० बजेबाट एक साताका लागि भारत र चीनतर्फको अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवागमन बन्द गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण भयावह बनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिए ।
सरकारले अहिले उच्च सतर्कता अपनाएको छ । उत्तर र दक्षिणतर्फका सबै सीमानाका बन्द गरिएको छ । लामो दूरीका सवारीसाधन चल्न रोक लगाइएको छ भने कार्यालयहरूमा सेवाग्राही आउन पनि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?