कोरोनाको असरः रेमिट्यान्स ८० प्रतिशतले घट्यो, यसो भन्छन व्यवसायी

काठमाडौं । प्रत्येक दिन करिब २ अर्ब २० करोड रेमिटान्स भित्रिने नेपालमा हाल यो २० प्रतिशतमा झरेको छ । नेपालमा रेमिटान्स भित्राउने प्रमुख रास्ट्रहरु खाडी मुलुक, दुवई, कतार ,मलेसिया लगायत धेरै देशमा लकडाउनको अवस्था रहेको हुँदा त्यसको असर रेमिटान्स उद्योगमा परको सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले लोकपथ लाइ बताएका छन् । वार्षिक करिव ९ खर्बको नेपालको रेमिटेन्स बजार आज सुनसान हुन् पुगेको छ ।

नेपालको रेमिटान्स बजारमा एक्लै २० प्रतिशतको मार्केट सेयर भएको सिटी एक्सप्रेस मनि ट्रान्सफर पनि आफ्नो ब्यबसाय नराम्रो संग प्रभावित हुनपुगेको टण्डनले बताएका हुन् । जापान र कोरियमा हाम्रो रेमिटान्स मोबाइल एप तथा एटिम बाट पठाउन मिल्ने ब्यबस्था भएको हुँदा यी देश बाट आउने रेमिटान्स खासै नघटेको प्रबन्ध निर्देशक टण्डनले जनाएका छन् ।

विश्वभरि छरिएका हाम्रा बजार प्रतिनिधिहरु हाम्रा ग्राहकको सम्पर्कमा रहेका छन र अप्ठ्यारो परिस्थितिमा रहेका कुनै पनि नेपालीलाइ रकम घर पठाउन सिटी एक्सप्रेस हर सम्भब प्रयास गर्ने टण्डन जनाएका छन् । कसरी यो समस्याको समाधान होला भन्ने लोकपथको प्रश्नमा प्रबन्ध निर्देशक टण्डन भन्छन, “अहिले त वेट एण्ड वाच नै हो तर हुण्डी कारोबारलाइ प्रोत्साहन हुन् दिनु हुदैन सबै मिली आधिकारिक रेमिटान्स उद्योगलाइ जोगाउनु पर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?