काठमाडौं । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका व्यक्ति चितवन मेडिकल कलेजबाट रिफर भएको अस्पतालले जनाएको छ । कोरोना विशेष अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मृतक वीरगन्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव हुन् ।
उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौलामा समेत समस्या देखिए पछि गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना भाइरसको आशंकामा उनलाई सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर भएका थिए ।‘यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भइ कोभिड १९ को आशंकामा आएका थिए’, डा.अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राति १० बजे भर्ना गरिएको उक्त विरामीको स्वाब (नमुना कलेक्सन) १० गते गते नै गरी काठमाडौं पठाइएको छ ।’
उनको १० गते दिउँसोदेखिबाट नै श्वास प्रस्वासमा समस्या बढेपछि सघन उपचार कक्ष (आईसीयु) मा सारिएको उनको भनाइ छ । तर समस्या बढ्दै गइ मंगलबार बिहान साढे ९ बजे चिकित्सकले मृत घोषित गरेको अस्पतालले जनाएको छ ।
स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा रािखएको अस्पतालले जनाएको छ ।
विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया