कोरोना रोकथाममा सबै व्यवसायीले सहयोग गर्न उद्योग वाणिज्य महासंघको अपिल

काठमाडौं । विश्वलाईनै त्रसित बनाई रहेको कोरोना भाइरस (कोभिड–१९) नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना मातहतका संघ संस्था तथा कर्मचारीहरुलाई सहयोग गर्न अपिल गरेको छ ।

आफ्ना मातहतका सबै निकायको ध्यानाकर्षण गराउँदै महासंघले भनेको छ, “नेपाल सरकार मन्त्रिपरिषद्को हिजो मिति २०७६ चैत्र १० गतेको बैठकबाट भएको निर्णयलाई मनन गर्दै चैत्र ११ देखि १८ गतेसम्मको अवधिभर अत्यावश्यक उद्योग व्यवसायहरू १० औषधि एवं जनस्वास्थ्यसंग सम्बन्धित आवश्यक सामग्रीहरू उत्पादन गर्ने उद्योग तथा स्वास्थ्य जीवनसंग सम्बन्धित आवश्यक सामग्री, २० खाद्य पदाथर्, दुग्धजन्य पदार्थ, ३० पिउने पानीसंग सम्बन्धित उद्योग, ४० अस्पताल तथा चिकित्सा सेवासंग सम्बन्धित उद्योग, ५० इन्टरनेट, ६० सुरक्षा तथा सरसफाइसंग सम्बन्धित उद्योग, ७० पेट्रोलियम पदार्थ तथा ग्यांससंग सम्बन्धित उद्योगहरु सुरक्षाका सबै उपायहरू अवलम्वन गरी यथावत रूपमा संचालन गर्न र बाँकी सबै उद्योग प्रतिष्ठानहरू चैत्र १८ गते विहान ६ बजेसम्मका लागि बन्द गरी त्यहाँ कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना मातहतका सबै सदस्य संघ/संस्था/उद्योग प्रतिष्ठानहरूलाई पुनः हार्दिक अपिल गर्दछ । अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न समेत महासंघ अनुरोध गर्दछ ।”

विश्वलाई नै कोरोनाको कारण आक्रान्त पारेको यस अवस्थामा आफ्नो व्यक्तिगत स्वास्थप्रति सजगता अपनाउँदै सुरक्षित रहनको लागि सबै उद्योगी, व्यवसायी, कर्मचारी तथा कामदारहरुलाई सरकारले दिएको निर्देशनमा एक्यवद्धता जनाउँदै आ-आफ्नो स्थानबाट सहयोग पुर्याउनको लागि समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?