काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको कोरोना कोषमा नेपाली कांग्रेसले ५० लाख दिने भएको छ ।
कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीट मार्फत त्यस्तो जानकारी गराएका हुन् ।
शर्माले ट्वीट गर्दै भनेका छन्, “कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउंदछु । संघीय सांसदहरुले १ महीनाको तलब अलग दिने निर्णय यस अघि भइसकेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया