कोरोना संक्रमित युवतीसँगै नेपाल आएका २ युवामा कोरोनाको आशंका

काठमाडौं । कोरोना संक्रमण देखिएर टेकु अस्पतालमा उपचार गराइरहेकी १९ वर्षिय युवतीसँगै नेपाल आएका अन्य दुइ जनामा ज्वरो लगायतका समस्या देखिएको छ ।

ती युवती चैत ४ मा कतार एयरलाइन्सको विमानमार्फत नेपाल आएकी थिइन् । सोही विमानमार्फत नेपाल आएर उदयपुर पुगेका दुई युवामा अहिले ज्वरो लगायतको समस्या देखिएको छ ।

नेपाल आएपछि होम क्वारेन्टाइनमा नबसेका उनीहरुलाई अहिले ज्वरो बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिएका छन् ।

त्यस्तै थापाका अनुसार अहिले उनीहरुलाई नगरपालिकाकै पहलमा ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको छ ।

साथै उनीहरुलाई घरमै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले पनि बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?