हेर्नुहोस् २०७६ साल चैत्र १२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र १२ गते । बुधवार । इ.स.२०२० मार्च २५ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र शुक्लपक्ष । तिथी-प्रतिपदा,१६ बजेर २२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– रेवती,अहोरात्र । योग– व्रम्ह,१५ बजेर ०४ मिनेट उप्रान्त ऐन्द्र ।

करण– बव,१६ बजेर २२ मिनेट उप्रान्त बालव,२९ बजेर २४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा उत्पात योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ६ बजेर ०४ मिनेटमा, सूर्यास्त १८ बजेर १७ मिनेटमा । दिनमान ३० घडी ३२ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ ।

अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ । भीडभाडको यात्रा नगर्नु होला । तरपनि खानेकुराको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कार्यक्षेत्रमा तपाईको कामको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा न्युन धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । तर पनि खानपानमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक काम गर्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

खानेकुराको व्यापार व्यवसायमा लगानी गरी न्युन आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्या अरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । तरपनि खानपानमा ध्यान दिनुहोला । यात्रा भरसक थाती राख्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कार्यक्षेत्रमा केहि कमि कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाई लेखाईमा आफ्नै कमजोरिले नतिजा अरुतिरै जानेछ ।

सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । व्यापारमा मन्दी आउनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ ।

व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुश्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तसँग रमाईलो यात्रा हुनेछ । एकल तथा साझेदारि व्यापार व्यवसायका बारेमा सोच्न सकिनेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । तरपनि यात्रा नगर्नुहोला । भीडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनः जोडिनेछन् ।

भौतिक तथा विलाशी वस्तुको व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसी हुनेछन् । तरपनि भरसक यात्रा नगर्नुहोला । भीडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययन तथा अध्यापनमा मन नजादा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ती तथा उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला ।

निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । यात्रा नगर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आँट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थी काम गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

उद्योग तथा उत्पादन मुलक क्षेत्रमा घाटा लाग्न सक्छ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ । तरपनि भीडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दैनिक खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ । व्यवसायमा लगानी गर्नको लागि केहि दिन कुर्नु नै राम्रो हुनेछ । आफन्त तथा कुटुम्बलाई चाडै विश्वास गर्नाले धोका पाईनेछ ।

प्रेममा अविश्वास बढ्ने तथा पतिपत्नीबीच शंका उपशंका बढ्नेछ । अध्ययनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

राजनीति तथा समाजसेवामा जनताको काम गरेर देखाउने सयम रहेको छ । खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ ।

सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ । तरपनि भरसक यात्रा नगर्नुहोला । भीडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?