काठमाडौं । अत्यावस्यक वस्तु खरिद बिक्रिको लागि पसल खोल्न सकिने भएको छ । कोरोना संक्रमण थप जटिल नहोस भन्नका लागि सरकारले मंगलवारबाट लकडाउन गरेको छ ।
“नागरिक सबैले अरुबाट डिस्यान्स मेन्टेन गरि अति आवस्यकिय बस्तु खरिद गर्न सक्नेछन्”, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानिपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवाली लोकपथलाई जानकारी दिएका हुन् ।
लकडाउनका कारण दैनिक उपभोग्य बस्तु खरिदमा समस्या देखिएको छ । आम मानिसको दैनिक जीवनमा आवस्यक पर्ने सामाग्रीको आपुर्तीमा सहजता प्रदान गर्नका लागि पानी, ग्रोसरी, पानी, ग्याँस तथा तरकारी पसलहरु खोल्न सकिने ज्ञवालीले बताएका हुन् ।
पसल खोल्दा भिडभाड बढि संक्रमणको खतरा हुन्न ? भन्ने प्रश्नमा ज्ञवालीले भने, “डिस्ट्यान्स मेन्टेन गरि, आफू सुरक्षित भइ अरुको लागि पनि संयमता अपनाउँदै काम छिटो सकि कोठामा जानृुपर्दछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया