कोरोना रोकथाम बिशेष कोषमा राप्रपाले ५ लाख सहयोग गर्ने

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले गठन गरेको कोरोना राहत कोषमा ५ लाख उपलब्ध गराउने भएको छ ।

सरकारले उक्त कोषमा सहयोग गर्न सबैमा आग्रह गरेको छ । सरकारले पचास करोड जम्मा गरेर कोष स्थापना गरेको थियो । आपतकालिन अवस्थामा सरकारलाई केहि सहयोग गर्नका लागि आफ्नो पार्टिले पनि सहयोग गरको स्रोतले जनाएको छ ।

त्यस्तै राष्ट्रिय स्तरबाट नै सरकारले स्थापना गरेको उक्त कोषमा सहयोग रकम जम्मा भइरहेको छ । साथै सरकारले उक्त कोषमा सहयोग गर्न चाहनेलाई राष्ट्रिय बाणिज्य बैंक सिंहदरवारको खाता नम्वर १९६०००००११०१ मा रकम जम्मा गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?