काठमाडौं । मंगलबारदेखि देश पूरै लकडाउनमा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा कुनै समस्या नरहने सरकारले स्पष्ट पारेको छ ।
गृह मन्त्रालयका अनुसार खाद्यान्न, तरकारी, दुध, पानी, ग्यास, औषधी लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै बाधा रहने छैन ।
तर, उनीहरुले पनि सुरक्षाका उपाय र सतर्कता अपनाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई पनि आवतजावतमा रोक नलगाइएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया