वैदेशिक रोजगारीमा गएका कामदारहरुको यस्तो छ देशगत विवरण

काठमाडौं । नेपालमा २०७५/७६ सम्म २,४३,८६८ जनाले बैदेशिक रोजगारी का लागि श्रम स्वीकृति लिएका छन । वैदेशिक रोजगारीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०५०/५१ मा ३,६०५ नेपालीलाई वैदेशिक रोजगारीकालागि स्वीकृति प्रदान गरिएकोमा यो संख्या क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७०/७१ मा अधिकतम ५,२७,८१४ पुगेको थियो । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै गएको देखिन्छ ।

हाल संस्थागत रुपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देशहरु खुल्ला गरेको छ भने ८ देशहरु ( कतार, युएई, जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेशिया) सँग द्विपक्षीय श्रम सम्झौता गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपालीहरु कामका लागि वैदेशिक रोजगारीमा गएको पाइन्छ ।

वैदेशिक रोजगार खुला गरिएको मुलुकमध्ये दक्षिण कोरियामा सरकारी सम्झौता जिटुजी अर्थात गभर्मेन्ट टु गभर्मेन्ट अनुरुप कामदार पठाइएको पाइन्छ । जापानसँग पनि
रोजगारीको लागि जिटुजी मार्फत कामदार पठाउने श्रम सम्झौता गरिसकिएको छ ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीको लागि नेपाली कामदारहरुको प्रमुख गन्तब्य खाडी मुलुकहरु नै रहेको छ । आर्थिक वर्ष २०७६/७७ को चार महिनाको तथ्याङ्कको आधारमा कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकमाघ गएको देखिन्छ । विगतमा मलेशियामा समेत उल्लेख्य संख्यामा कामदारहरु रोजगारका लागि जाने गरेकोमा वैदेशिक रोजगारीमा लाग्ने शुल्क लगायतका कारण केहि समयमलेशियामा वैदेशिक रोजगारी बन्द भएकोले कामदारहरुको संख्यामा कमी आएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को चार महिनाको तथ्याङ्कको आधारमा कुल कामदारको १२.५ प्रतिशत मात्र मलेशियामा रोजगारीको लागि गएका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारहरुको देशगत विवरण

हाल विश्वभरि देखिएको कोरोना को असरले आगामी दिनमा बैदेशिक रोजगारीमा कस्तो प्रभाव पर्छ त्यो भने हेर्न बाँकिनै छ । प्रत्येक दिन करिब २ अर्ब २० करोड रेमिटान्स भित्रिने नेपालमा हाल यो २० प्रतिशतमा झरेको रेमिटान्स व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?