प्रदेश राजधानी माग गर्दै वीरगन्ज बन्द

वीरगन्ज, २१ माघ । २ नं. प्रदेशको राजधानी माग्दै आइतबार वीरगन्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ भने बन्दकर्ताले तीनवटा सवारी साधानमा तोडफोड गरेका छन् सरकारले २ नं. प्रदेशको अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ । जनकपुरमा प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ भने उता वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग राख्दै आएका आन्दोलरत संघर्ष समितिले वीरगन्ज बन्द गरेको हो बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधानमा तोडफोड गरेका छन् बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखानामा बन्दको प्रभाव परेको छ बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात माघ ४ गते पनि बन्द आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?