आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं, २१ माघ । आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै छ ‘हामी सक्छौ, म सक्छु’ भन्ने मुल नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको फ्रेबु्रअरी ४ मा यो दिवस मनाइने गरिन्छ दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय, क्यान्सर रोगको निवारणको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गरेका छन् स्वास्थ्य मन्त्रालयका अनुसार, क्यान्सर रोगका कारण नेपालमा वर्षेनी २० हजारले ज्यान गुमाउने गरेको अनुमान छ । नेपालमा वर्षेनी ३० हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् विश्वभर १ करोड ४० लाख क्यान्सर बिरामी रहेका छन् । त्यसमध्ये वर्षेनी ९० लाख मानिसको मृत्यु क्यान्सरकै कारण हुन्छ सुरुकै अवस्थामा क्यान्सर पत्ता लगाएर उपचार गर्न सकिए मृत्यु हुने एकतिहाइ क्यान्सर बिरामीलाई बचाउन सकिने चिकित्सकहरु बताउछन् । स्वस्थ्य जीवनशैली र सुर्तीजन्य पदार्थको प्रयोग नगरे ३० देखि ५० प्रतिशत क्यान्सरको जोखिम कम हुन सक्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?