चीनबाट स्वास्थ्य उपकरण ल्याउँदै : सरकार

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण चीनबाट ल्याउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तीन दिनभित्र उपकरण ल्याइने बताए ।

सरकारले कोरोना विरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण चीनबाट ल्याउने तयारी गरेको हो । त्यसरी ल्याइएका स्वास्थ्य उपकरण तथा साधनहरु प्रदेश, जिल्ला र स्थानीय स्तरमा पठाउने स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?