काठमाडौं । ब्रिटेनमा एक व्यक्तिलाई झुटो बोलेको कारण कोरोना भाइरसको संक्रमण भएको छ ।
आफ्नो पत्नीलाई झुटो बोलेर प्रेमिकालाई भेट्न गएका एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको हो ।
पछिल्लो साता पत्नीलाई बिजनेस मिटिङका लागि बेलायत जाँदैछु भनेर सुनाएपछि घर छाडेर प्रेमीका भेट्न गएको उनलाई कोरोनाको फर्किएर आएपछि कोरोनाको संक्रमण देखा परेको थियो । उनलाई भेट्न गएकी प्रेमीकाबाटै सरेको हुनसक्ने अनुमान गरिएको छ ।
तर, उक्त व्यक्तिले बिजनेस मिटिङ भएको आफ्नो पत्नीलाई ढाँटेर प्रेमिकालाई भेट्न इटाली पुगेका थिए ।
इटालीमा प्रेमिकासँग केही दिन बिताएका ति व्यक्ति प्रेमिकाबाटै संक्रमित बनेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त व्यक्तिले आफ्नो प्रेमिकाको नाम भने खुुलाएका छैनन् ।
उनकी प्रेमीका करीब ३० वर्षकी रहेकी छिन् ।
संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरेका हुन् ।
तर, उक्त व्यक्तिको श्रीमतीलाई अझै पनि पतिलाई उक्त भाइरस कसरी संक्रमित भयो भन्ने बारे जानकारी छैन ।
३० वर्षीया प्रेमिकालाई आइसोलेसनमै राखिएको छ । ति व्यक्तिले आफ्नो पत्नीलाई घरमा सेल्फ आइसोलेसनमा राखेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया