गुल्मी, २१ माघ- अधिकांस विदेशबाट फर्किएका युवाहरुले गुल्मीको रिडीखोला वगरको वालुवामा तरकारी खेती सुरु गरेका छन् । यस वर्षको माघेसक्रन्ति मेलाको स्टल बनाउँदा प्रयोग भएका वाँस र जस्ता पाता सदुपयोग गर्ने सोच निकाल्ने क्रममा रुरु गाउँपालिका वडा नम्वर १ , रिडी वजारका १४ जना युवा र केहि पाका व्यक्तिहरु समेत मिलेर ८ रोपनी भन्दा बढि क्षेत्रफल वगरलाई कम्पाउण्डिङ्ग गरेर तिते करेला रोप्न सुरु गरेका हुन् । वाँस र जस्ता पाता वाहेक १४ जनाले जनही ५ हजारका दरले रकम संकलन गरी विरुवा लगाउने डोबहरु खन्ने आधुनिक मेशिन मगाएर आफैले तिते करेला रोप्ने कार्य सम्पन्न गरी सकेका छन् साढे तिन महिनामा ८ मेट्रिक टन तिते करेला उत्पादन गरेर वजारमा पुराउने लक्ष्य लिएको करेला रोप्नमा भ्याई नभ्याई युवाहरु बताउँ छन् । मलेशियाको रोजगारमा छँदाको संघर्ष र अनुभवबाट गाउँ फर्केर तरकारी खेती सुरु गरेका रिडीका प्रेम भण्डारी, कोरियाको रोजगारी गरेर फर्केका रविलाल पन्थ , रिडीमा मोवाईल पसल सञ्चालन गरे पनि कृषि र प्रविधिको क्षेत्रमा दखल राख्ने उजिर खान र युवाहरुको कृषि अभियानलाई पछ्याई रहेको बताउने रिडीका पाका व्यक्ति यमनारायण भट्टराई लगायतका १४ जनाले वालुवामा तरकारी खेती गरेर देशैभर सन्देश दिने बताउँछन् बाहिर बगर भए पनि तल डोव खन्दै जाँदा उर्वर माटो भएकोले परिक्षणको रुपमा तरकारी खेती सुरु गरिएको र जोखिम मोलेरै भए पनि वालुवामा कृषि उत्पादनको सन्देश दिन त्यसरी खेती गर्न सुरु गरिएको उजिर खान बताउँ छन् । उनले आफुहरुको यो अभियानलाई रुरु गाउँपालिकाले पनि सहयोग गर्न अपिल गरेका छन् । कुल क्षेत्रफलमा ४ सय २४ वोट करेला रोपेका उनिहरुले एउटै वोटबाट १५ देखि २० किलो सम्म करेला उत्पादन गर्ने लक्ष्य लिएका छन् करिव ८ टन करेला उत्पादन गरेर साढे तिन महिना पछि करिव ५ लाख सम्म आम्दानी लिने सोच राखेका छौं , खानले भने हामी त्यसमा सफल भयौं भने आगमी दिनमा अरु क्षेत्रफलमा वृहत तरकारी खेती सुरु गर्ने छौं २०७२ सालको रिडी माघे सक्रिन्ती मेला तथा कृषि प्रदर्शनीमा एउटै वोटमा २ सय २७ दाना गोलभेडा फलाएर उत्कृष्ट युवा कृषकका रुपमा पुरस्कृत भएका प्रेम भण्डारीले मलेशियाबाट फर्केपछि गाउँमै केहि गरौं भन्ने सोच राखेर व्यवसायीक कृषि खेत गर्दै आएको बताए । उनले आधुनिक मेशिनबाट डोव खन्ने कार्यको जिम्मा लिएका छन् । अन्य मध्ये कसैले डोवहरुमा मल राख्ने कसैले विउ रोप्ने त कसैले सिंचाई गर्ने गरेका छन् पम्प मार्फत खोलाको पानी तिन सय मिटर भन्दा लामो एउटै पाईपद्धारा थोपा सिंचाई उनिहरुले गरेका छन् । उनिहरुको पौरखीपन देख्दा त्यहाँ पुग्ने जो कोहिलाई आफुले पनि कृषि क्षेत्र मै केहि गरौं भन्ने उत्प्रेरणा जाग्छ । कोरियाबाट फर्केर गत ३ वर्ष देखि रिडी बजारमा दुग्ध व्यवसाय सुरु गरेका रविलाल पन्थले आर्थिक रुपमा जोखिम मोलेरै भए पनि वालुवामा नमुना तरकारी खेतीको सन्देश दिन लागिएको बताउँछन् विदेशबाट फर्के पछि गत केहि वर्ष यता ‘ नजाउ अव खाडीमा , खुशी संगै पैसा खोजौं हाम्रै पाखा हाम्रै वारीमा’ भन्ने नारा सहित पशुपालन र दुग्ध व्यवसायी गरिरहेका पन्थले वालुवामा तरकारी उत्पादनको आफुहरुको लक्ष्य सफल भए अन्य जमिनहरु खेजेर बृहत तरकारी खेती गर्ने बताउँ छन् । रिडी कै पाका व्यक्ति यमनारायण भट्टराई कृषि उत्पादनमा युवाहरुको अभियानबाट आफु उत्साहि भएर उनिहरुलाई पच्छाई रहेको बताउँछन् उनि पनि युवाहरुले भन्दा अझ जोसका साथ तरकारी फर्ममा काम गरिरहेका छन् । अशिना पसिना भएको भट्टराई भन्छन्–‘ सुरुमा मुनाफा लिने भन्दा पनि वालुवामा तरकारी खेत गर्न सकिन्छ कि सकिदैन भन्ने परिक्षण हो र अन्य स्थानका युवाहरुलाई एउटा सन्देश दिन थालिएको हो , सफल हुने कुरामा म आशावादी छु । रिडीका सञ्चारकर्मी सुन्दर कशाजुले उनिहरुको उक्त कार्यलाई निकै प्रोत्साहित गरी रहेका छन् उनि पनि भन्छन्–‘ यो एउटा नमुना र देशैभर सन्देश दिने कार्य हो , साढे तिन महिना पछि यो मरुभुमि जस्तो सुख्खा वगरमा हराभरा तरकारी फलाएको दृश्य लिन ठुलाठुला राष्ट्रिय सञ्चार माध्यमलाई समेत लोभ लाग्ने छ र धेरै सञ्चारकर्मी यहाँ आउने छन भन्ने मैले अपेक्षा लिएको छु । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया