काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण उत्पन्न असहज परिस्थितिलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवासँग सम्बन्धित उपकरणरऔषधि आयातका लागि टीटी र ट्राफ्टको सीमा बढाइ दिएको छ।
आयातको लागि बिगतमा रहेको ३० हजार सम्मको टीटीको लिमिटेडलाइ राष्ट्र बैंकले बुधबारबाट एक लाख डलरमा बढाएको छ । सरकारले कोरोना भाइरस संक्रमणका बिरुद्ध लड्न निजी क्षेत्रसंग मिलेर चिकत्सीय र औषधिजन्य बस्तुको आयात बढाउने घोषणा पछि राष्ट्र बैंकले यस्तो सहजीकरण लागु गरेको हो ।
स्वास्थ्य सेवा विभागको सिफारिसमा व्यवसायीहरुले यो सेवा लिन सक्ने केन्द्रिय बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया