वाशिंगटन । अमेरिकाको एक कम्पनीले चीन सरकारमाथि २० ट्रिलियन डाँलर क्षपिुर्तिको लागि मुद्दा दायर गरेको छ । यस कम्पनीले आरोप लगाएको छ कि चीनले कोरोना भाईरसको प्रसार एक जैविक हथियारको रुपमा गरेको छ । उक्त कम्पनीले आरोप लगाएको छ कि चीनले वास्तवमा अमेरिकी नागरिकहरुलाई मारने र रोगी बनाउने षडयन्त्र रचेको छ ।
अमेरिकाको टेक्सासस्थित बज फोटोजले अधिवक्ता लैरी क्लेमैन र फ्रीडम वाचको साथमा चीन सरकार, चीनीयाँ सेना, वुहान इंस्टीट्यूट अफ भाईरोलाजी, वुहान इंस्टीट्यूटका डाइरेक्टर शी झेनग्ली तथा चीनीयाँ सेनाको मेजर जनरल छेन वेई को विरुद्ध यो मुद्दा दायर गरेको हो ।
उनीहरुले दावी गरेको छ कि चिनिया प्रशासनले एक जैविक हतियार तयार गरिरहेको थियो, जसको कारणले कोरोना भाइरस फैलिएको हो र त्यही कारणले आफुहरुले २० ट्रिलियन डलरको क्षतिपुर्तिको माग गरेको हो ।
उनीहरुको आरोप छ कि वुहान भाइरोलोजी इंस्टीट्यूटद्वारा यस भाइरसलाई जानाजान बाहिर छोडिएको हो । चीनले कोरोना भाइरसको ‘निर्माण’ ठुलो जनसंहारको लागि गरेको हो । उनीहरुले यो पनि भनेको छ कि जैविक हथियारहरुलाई १९२५ मा नै गैरकानूनी घोषित गरिसकिएको छ र यसलाई जनसंहार को लागि आतंकी हथियारको रुपमा लिइन्छ ।
सो अमेरिकी कम्पनीले यसबारेमा मीडियामा आएको विभिन्न समाचारहरुलाई उद्धत गर्दै भनेको छ कि चीनको एक मात्र माइक्रोबायोलाजी ल्याव वुहानमा छ जसले नोवेल कोरोना जस्तो अत्याधुनिक भाइरसको सामना गर्न सक्दछ तर चीनले कोरोना भाइरसको बारेमा उक्त ल्यावको अनुसन्धान रिपोर्टहरुलाई राष्ट्रिय सुरक्षाको का बहाना लुकाएर राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया