ललितपुर । १८ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका – ३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी रहेको प्रहरीले जनाएको छ ।
ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका-९ लामाटारचोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको सूचनाको आधारमा
महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया