काठमाडौं । सुन्दा पनि अचम्म लाग्ने कुरा, ढुगां र आगो बाट वाइ–फाई । जर्मनीको एक म्युजियममा यस्तो अद्भुत तरिकाबाट वाइ–फाई सिग्नल दिने गरेको छ । वास्तवमा एक ढुगांको भित्र वाइफाई राउटर राखिएको छ ।
यसको नजिक आगो लगाएमा राउटरले काम गर्छ । यो ढुगांको भित्र एक थर्मोइलेक्ट्रिक जेनेरेटर जडान गरिएको छ । जसमा इलेक्ट्रिसिटि परिवर्तन गर्ने क्षमता हुन्छ । यसकारण आगो लगाउने बित्तिकै राउटरमा विजुली आउने हुनाले सिग्नल जेनेरेट हुने गर्छ ।
यो ढुङ्गा करिव साँढे एक टन छ । यसलाई कीपएलाइवको नाम दिइएको छ । यो एरम बर्थोलले बनाएका हुन् । यहाँ आउने पर्यटकलाई नै आफै आगो लगाउन दिइन्छ । उनीहरु आफैले मोवाइलमा कनेक्ट पनि गर्छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया