काठमाडौं । क्यालिफोर्नियाका केसी कुशिंस्की र ड्यानियल रग्ड्रिजका लागि उनीहरुसँग भएको ४ वर्षको कछुवा नै उनीहरुको दुनियाँ हो ।
उनीहरु त्यसलाई आफ्नो छोराछोरीको जसरी मायाँ गर्दछन् र उसलाई आफ्नो मायँ देखाउनको लागि कछुवासँग मिल्दो जुल्दो कपडा लगाउने गर्दछन् ।
उनीहरु जहाँ जान्छन्, उक्त कछुवालाई पनि आफूसँगै लिएर जान्छन् । हालै मात्र केसी र ड्यानियलले एक पारिवारीक पोट्रेट फोटो सोसल मिडियामा शेयर गरेका छन् ।
त्यसलाई फलोअर्सहरुले अत्याधिक मन पराएका छन् । त्यसपछि उनीहरुसहित उक्त कछुवा पनि सोसल मिडियामा भाइरल बनेको छ ।
पेशाले फेसन डिजाइनर केसी आफ्नो कछुवाका लागि नयाँ नयाँ ड्रेस डिजाइन गर्ने गर्दछन् । उक्त कछुवाको नाम ईथल रहेको छ ।
ईथललाई अंगुरको वाइन पिउन अत्याधिक मन पर्ने उनीहरुले बताएका छन् । फेन्सी कपडाहरु मात्र होइन, ईथललाई मालिस पनि गर्ने गरिएको छ । सबैभन्दा धेरै खुसी ईथल बाहिर घुम्दा हुने गर्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया