काठमाडौं । हिमालयन बैंक (एचबीएल) को प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पुनः अशोक राणा नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले सिइओ राणाको कार्यकाल थप गरेको हो । उनको आगामी कार्यकाल बैशाखबाट लागू हुने छ।
राणाले विगत १२ वर्षदेखि बैंकको सिइओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) बमोजिम राणाले अब एक कार्यकाल सिइओको रुपमा काम गर्न पाउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया