बिग्रिएको घडीले बनायो रातारात मालामाल !

काठमाडौं । बिग्रिएको घडीको मूल्य बजारमा बेच्दा थोरै मूल्यमात्र आउँछ । तर इंग्ल्यान्डमा बस्ने एक व्यक्तिको बिग्रिएको घडीले भाग्य नै बदलिदिएको छ । जम्मा पाँच सय पाउन्डमा विक्री हुने उक्त घडीले ती व्यक्तिको जीन्दगीमा नै उतारचढाब आएको छ ।

वास्तवमा यो बिग्रिएको र बन्द भएको घडी दाश्रो विश्वयुद्धमा इटालियनहरुले बजारमा ल्याएको थिए । यो घडी उनको मृत पिताको ड्रयरमा सफा गर्ने क्रममा भेट्टाएर बेच्नको लागि लगेका थिए । शुरुमा किन्दा यसको मुल्य ५५ सय पाउंड पर्ने थियो ।

उक्त घडी वाटरप्रुफ र अध्याँरोमा पनि देख्न सकिने थियो । यो रोयल इटालियन नेवीको घडी दुष्मनलाई मिसाइल हान्नको लागी समय मिलाउन प्रयोग गरिन्थ्यो । मिसाइल रातमा मात्र हान्ने हुनाले निकै चमकदार बनाउनु पर्ने थियो ।

उक्त घडी अध्याँरो र पानीमा पनि मजाले हेर्न सक्ने बनाइएको थियो । यी व्यक्तिले आशा नै नगरेको मुल्य ४६ हजार पाउन्डमा बेचेका थिए ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?