एसपिए लालझाडी कप टी–ट्वान्टीको उपाधि लालझाडीलाई

कञ्चनपुर, २० माघ । लालझाडी युवा क्लवलले कञ्चनपुरको पुनर्वासमा आयोजना गरेको एसपिए लालझाडी कप टी ट्वान्टी प्रतियोगीताको उपाधि लालझाडीले हात पारेका छन् आज सम्पन्न फाइनलमा टस जितेर व्याटिङ गरेका लालझाडी विश्वज्योतीलाई ९ रनले हराउँदै विजयी भएको हो लालझाडीका महेश अधिकारीले १६ वलमा ३ छक्का र २ चौकाको मद्दतमा २९ रन बनाए । त्यस्तै विक्रम देउवाले ३ छक्का र १ चौकाको सहित १७ वल खेल्दै २७ रन र विक्रम ठगुन्नाले ८ वलमा १९ रनको योगफल दिए । लालझाडीले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो १ सय ३४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विश्वज्योती पुरै ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतीमा १ सय २४ रनमा सिमित भएको थियो । १ सय २४ रन बनाउन कैलास थापाले २१ वलमा २७ रन बनाए । त्यस्तै अमित बुढाले १६ वलमा २२ र विनोद लामाले ९ वलमा १५ रन बनाएका थिए विश्वज्योतीलाई सस्तैमा समेट्न लालझाडीका रोमन वमले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । त्यस्तै, प्रकास सार्कीले ४ ओभरमा १६ रन खर्चेर २ र महेस अधिकारीले ४ ओभरमा २४ रन खर्चेर १ विकेट हात पारे । खेलको म्यान अफ द म्याच लालझाडकिा विक्रम ठगुन्ना भएका छन् । उनले ४ ओभरमा १ रन खर्चेर २ विकेट लिएका थिए हिजो भएको खेलमा आयोजक लालझाडी युवा क्लव ए लाई हराएर फाइनलमा पुगेको जयदुर्गे युवा क्लव वेलौरीलाई प्रोटेक्स लागेपछी जयदुर्गे खेलबाट बाहिरीएको थियो । जयदुर्गे खेलबाट बाहिरीएसँगै फाइनल खेल विश्वज्योती भन्सार र आयोजक लालझाडीबीच प्रतिस्पर्धा भएको हो । खेलको नियम अनुसार खेल अवधिभर १६ जना खेलाडी हुनुपर्नेमा जयदुर्गेमा १८ जना पुगाएकाले सो क्लव खेलको फाइनलमा पुगेर बाहिरीएको क्लवका अध्यक्ष काशिराम वोहोराले बताए प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद लालझाडीलाई द्वितीय पुरस्कार २५ हजार नगद विश्वज्योती भन्सारलाई प्रदान गरिएको छ । म्यान अफ द सिरीज लालझाडीका महेस अधिकारीले पाएका छन् । उनले ५ हजार नगद पुरस्कार समेत पाएका छन् । उत्कृष्ट ब्याट्सम्यान जयदुर्गे वेलौरीका एम पि सिंह भएका छन् । उनले सम्पूर्ण खेलमा सर्वाधिक १ सय ५० रन बनाएका थिए । उत्कृष्ट वलर विश्वज्योतीका विनोद लामा भएका छन् । उनले सम्पूर्ण खेलमा ११ विकेट लिएका थिए । उत्कृष्ट फिल्डर लालझाडीका अविनाश सिंह घोषित भए । उत्कृष्ट विकेट किपर विपीन रावल भएका छन् भने उदायमान खेलाडी गोविन्द सिंह भएका छन् । माघ १० गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा नेपाल–भारतका गरी १६ टिमको सहभागिता रहको थियो प्रतियोगीताका विजयी खेलाडीहरुलाई प्रमुख अथिती धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवाष शाहीले पुस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?