कोरोना भाइरसबिरुद्ध लड्न ‘जी-२० समिट’ मा ऐतिहासिक फैसला

काठमाडौं । कोरोना भाइरसबिरुद्ध लडाईका लागि जी-२० समिटमा एक ऐतिहासिक फैसला लिइएको छ ।

जी-२० देशहरुले ग्लोवल इकोनोमीको लागि ५ ट्रिलियन यूएस डलर दिने घोषण गरेको हो ।

कोरोना भाइरसका कारण सारा विश्वमा खलबली मच्चिरहेको र विश्वको अर्थव्यवस्था डगमगाएकोले यो निर्णय लिइएको बताइएको छ ।

महामारीको रुपमा सारा विश्वभर नै फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म २२ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ भने भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ ।

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेहरुको संख्या ५ लाख २ हजार ८ सय ५४ पुगेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?