काठमाडौं । वि.सं. २०७६ चैत्र १४ गते । शुक्रवार । इ.स.२०२० मार्च २७ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने।सं। ११४० सिल्लागा ।
चैत्र शुक्लपक्ष । तिथी– तृतीया,२० बजेर १० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– अश्विनी,०८ बजेर २२ मिनेट उप्रान्त भरुणी । योग– वैधृती,१५ बजेर ५७ मिनेट उप्रान्त विष्कुम्भ ।
करण– तैतिल,०७ बजेर १९ मिनेट उप्रान्त गर,२० बजेर १० मिनेट उप्रान्त वणिज । आनन्दादिमा बज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ६ बजेर ०२ मिनेटमा, सूर्यास्त १८ बजेर १८ मिनेटमा । दिनमान ३० घडी ४० पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विद्यार्थीहरुका लागि आजको समय उत्तम रहेकोले नतीजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
प्रणय सम्बन्धमा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । खानपानमा ध्यान दिनुहोला । भीडभाडको यात्रा नगर्नुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको भर पर्दा महत्वपूर्ण उपलब्धीहरु गुम्न सक्दछ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पत्तीको परिचालन गर्दा ध्यान दिनुहोला ।
अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाती रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।
खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैँतिर ल्याउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसी हुनेछन् ।
माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेको छ । स्वास्थ्य सम्बन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अरुकै लहेलहैमा लाग्नाले पढाई लेखाई बिग्रनेछ । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको कारणले अन्य उपलब्धी पनि गुम्न सक्छ ।
व्यापारमा लगानी गरे पनि न्यून नाफामा चित्त बुझाउनु पर्नेछ । घरपरिवार तथा अग्रज हरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खानपान तथा मौषमको ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ ।
माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दी आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक सम्पत्ती तथा ब्राण्डेड बस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । शैक्षिक तथा व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
नयाँ काम पाउने तथा गरीरहेको काममा बढुवा हुनेछ । अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनेछ । तरपनि भरसक यात्रा नगर्नुहोला ।
भीडभाडमा नजाने तथा सरसफाईमा ध्यान दिनुहोला ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुस हुनेछ ।
विद्या तथा प्रतिस्पर्धामा अरुनै हाबी हुनेछन् । माया प्रेममा नजिक हुन केहि समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । सरसफाईमा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शरीर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पत्ती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ ।
व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नुनै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सजक नबन्दा आफन्त टाडिनेछन् भने अध्ययन तथा कामको शिलशिलामा लामो दुरीको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ ।
व्यापारमा मन्दी आउने भएपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
छोटो समयका लागि हेरिने फाईदाले पछी लाई घाटा हुन सक्छ । योजनाहरु तत्काल सार्वजनिक नगर्नुनै उत्तम हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरी लगानि बढाउन सकिनेछ ।
माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्ययमबाट रुढीवादी परम्परालाई चिरफार गर्न सकिनेछ ।
लेखनकलाको माध्यामबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रि भुमिका रहनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यवसायमा लगानी गर्नको लागि केहि समय कुर्नुनै रम्रो हुनेछ । व्यापारमा उधारो लानेहरु बढ्नेछन् । आफन्त तथा अग्रजहरुसँग घरायसी कुरामा राय बाजिनेछ ।
विद्यामा अरुभन्दा पछि परिने तथा नतिजा आफूतिर ल्याउन निकै मिहिनेत गर्नु पर्नेछ । कार्यक्षेत्रमा खुट्टा तान्नेहरु तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा शंका बढ्ने योग रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया