काठमाडौं । तपाईं आफ्नो भाग्यमा कतिको विश्वास गर्नुहुन्छ । मानिस त्यतिबेला भाग्य र भगवानको शरण लिन्छ जतिबेला उ निकै अप्ठ्यारोमा पर्दछ । धेरैले भाग्यमाथि विश्वास गर्दैनन् मेहनतलाई प्राथमिकतामा राख्छन् । एकथरी भाग्य र भगवानलाई प्राथमिकतामा लिन्छन् । केही कार्य गर्नका लागि मेहनत, भाग्य, र भगवानप्रतिको आस्था उत्तिकै छन् । सबैभन्दा पहिलो मेहनत नै हो ।
यहाँ स्पष्ट पार्न खोजिएको बिषय– अमेरिकाको मिशिगनस्थित ताल्लुकमा बस्ने एक जोडीले धेरै पटक चिठ्ठा जितेका छन् । उनीहरुले चिठ्ठाबाट १८६ करोड जितेका हुन् । अब उनीहरुको बारे हलिउडमा चलचित्र बन्ने भएको छ । उनीहरुले अहिले आएर चिठ्ठा जित्नुको रहस्य खोलेका छन् । उनीहरु हुन्– जेरी र मार्ज सेल्बी ।
उनीहरुका अनुसार सामान्य अंकगणितको प्रयोगले चिठ्ठा जित्न सहज बनेको हो । उनीहरुले अहिले चिठ्ठा खेल्न आफन्त र साथीहरुलाई प्रेरित गरिरहेका छन् । जेरी र मार्जको बिषयमा हलिउडमा चलचित्र बनाउन पक्का भएको छ । त्यो जोडीले करिब ६ वर्षसम्म चिठ्ठा खेलिरहेका थिए । र हरेक पटक जित्दै गए ।
जेरीले वेस्टर्न मिशिगन युनिभर्सिटीमा गणितबाट स्नातक तह पास गरेका छन् । उनले गणितको सामान्य सुत्र प्रयोग गरेका थिए । उनले १७ वर्षदेखि गरेको किराना पसल बेचेका थिए । जब उनीहरुले चिठ्ठाबाट कमाइ शुरु गरे राम्रो प्रगति गरे । उनीहरुले जीवनमा ५, ४ या तीन नम्बरको अंक प्रयोग गरिरहे । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया