मानिस भन्दा जनावर धेरै होशियार, कोरनाबाट बच्न एकअर्काको दूरी टाढा बनाउँदै

काठमाडौं । कोरोना भाइरसलाई लिएर अहिले सारा विश्व नै डराइरहेको छ । अहिलेसम्म कोरोनाका कारण २४ हजार ३ सय ६९ जनाको ज्यान गएको छ भने, ५ लाख ४२ हजार ४ सय ५ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

भारतमा पनि कोरोनाका कारण अहिलेसम्म १६ जनाको मृत्यु भईसकेको छ । भारत सरकारले पूरा देश २१ दिनका लागि लकडाउन गरेको छ ।

कोरोनाकै कारण मर्नेको संख्या २४ हजार माथि पुगिसकेको भए पनि अझै मानिसमा भने डर आएको छैन । मानिसहरु सरकारको नियमलाई तोडेर घरबाट बाहिर निस्किने, मास्क, स्यानिटाइजर प्रयोग गर्ने, हात धुने जस्ता नियम मानिरहेका छैनन् ।

आफ्नो ज्यान त्यहि लापरवाहीले जान्छ भन्ने थाहा हुँदा हुँदै पनि मानिसहरु अन्देख र अटेर गरिरहेका छन् । बरु मानिसहरु भन्दा जीवजन्तुहरु सावधानी अपनाईरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा अहिले एउटा तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।

सोसल डिस्टेन्सिङका लागि बनाइएको घेराभित्र बरु मानिसहरु बसेका छैनन् तर कुकुर त्यहाँ रहेको घेराभित्र रहेर सावधानी अपनाइरहेको फोटोमा देख्न सकिन्छ ।

एजैन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?