विरामी प्रधानमन्त्री भेट्न अस्पताल पुगे नेता नेपाल, यस्तो भयो कुराकानी

काठमाडौं । अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपाल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि फागुन ३० गते प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएका थिए । मुटुमा समस्या देखिएपछि बिहिवार राति अस्पताल भर्ना भएका हुन्।

वरिष्ठ नेता नेपालले शुक्रवार दिउँसो त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

प्रम ओली र वरिष्ठ नेता नेपालबीच करिव ४० मिनेट लामो वार्तालाप भएको स्रोतले जनाएको छ ।

उक्त भेटमा नेपालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । भने विश्व नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?