रक्सी सोचेर स्यानिटाइजर पिउँदा कैदीको मृत्यु

काठमाडौं । भारतको केरलामा एकजना कैदीले रक्सी सम्झिएर स्यानिटाइजर पिउँदा ज्यान गुमाएका छन् ।

पलक्क्ड जेलमा रहेका रमनकुट्टी नामक उक्त कैदी १८ फेब्रुअरीदेखि पुर्पक्षका क्रममा जेलमा बसिरहेका थिए ।
उनी स्यानिटाइजर पिएपछि जेलमा बेहोश भएका थिए ।

मंगलवार विहान उनलाई अस्पताल भर्ना गरिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो।

सरकारले अहिले सबै ठाउँमा स्यानिटाइजर राख्न निर्देशन दिएबमोजिम जेलमा स्यानिटाइजर राखिएको थियो । त्यसमा हुने अल्कोहलले कैदीलाई झुक्याएको अधिकारीहरुले अनुमान गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?