काठमाडौं । सरकारले एक साताका लागि गरेको लकडाउन चैत १८ गतेपछि पनि केही दिन थप्ने तयारी थालेको छ । शुक्रबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकमा यसबारे छलफल भएको उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गृह मन्त्रालयले लकडाउनको अवधि बढाउने संकृत गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आवश्यक तयारी गर्न भनेको छ ।
हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन गरिराख्ने सरकारको सोच छ ।
सरकारले चैत ११ गते बिहान देखि गरेको लकडाउन १८ गते बिहान देखि सकिँदैछ । यता भारतले २१ दिनका लागि लकडाउन गरिसकेको छ ।
नेपालमा ४ जनामा कोरोनाको संक्रमण देखिसकेको अवस्थामा त्रास पनि बढेको छ । कोरोनाको संक्रमणबाट बच्न सरकारले घरभित्र बस्न आह्वान गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया