काठमाडौं । चीनमा सुरक्षाकर्मीहरूले इन्फ्रारेड क्यामरा जडित चश्मा लगाएर पैदलयात्रीहरूको तापक्रम जाँच्न थालेका छन् ।
हाङ्चोको लोकप्रिय पार्कमा चश्मा लगाएका अधिकारीहरूले दुई मिनेटमा लगभग १०० जनाको तापक्रम परिक्षण गरेका थिए ।
चश्मामा कृत्रिम वौद्धिकता प्रविधि छ र यसले मानिसहरूको तापक्रम तत्कालै जाँचेर चश्मामा देखाइदिन्छ ।
यो उच्च प्रविधियुक्त ग्याजेटले उच्च तापक्रम भएको कुनै मानिस देखियो भने तत्कालै भाइरसनिरोधी अधिकारीलाई सतर्क गराउँदछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया