बन्ने भयो ‘सुश्री सम्पत्ति’ सारा र सलोनले जोडी बाँध्ने

काठमाडौं, २१ माघ – सुब्रतराज आचार्यले निर्देशन गरी चलचित्र ‘सुश्री सम्पत्ति’ निर्माण हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको घोषणा गरिएको हो चलचित्रको मुख्य भूमिकामा अभिनेता सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिर्पालीले अभिनय गर्ने भएका छन् । त्यस्तै राजाराम पौडेल, सन्तोष खनाल, रञ्जित कोइराला, सुनिता श्रेष्ठ लगायतका कलाकारले पनि चलचित्रमा अभिनय गर्नेछन् भने चलचित्रको छायांकन फागुन १५ बाट थालिने निर्देशकले जनाएका छन् निखिल उप्रेतीका दुई चलचित्रमा लगातार देखिएकी अभिनेत्री सारा सिर्पालीले यो चलचित्रमा आफूले शीर्ष भूमिका गर्न लागेको बताइन् । ‘यो टिमसँग काम गर्न पाउँदा खुशी लागेको छ, सलोन बस्नेतसँग काम गर्न मन थियो ।’, उनले भनिन् त्यस्तै सलोन बस्नेतले पनि चलचित्रमा आफ्नो भूमिका बिल्कुलै फरक भएको बताए । ‘अहिलेसम्म गरेका चलचित्रभन्दा बिल्कुलै फरक भूमिकामा छु ।’, उनले भने चलचित्रमा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन रहनेछ । चलचित्रको कथा निर्देशक आचार्यले नै लेखेका हुन् भने यसको पटकथा आचार्य र लेखक अभिमन्यु निरवीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?