काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएका थिए । दुबै जना संक्रमित चैत ४ गते कतारबाट कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानका नेपाल आएका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए ।
यो पनि पढ्नुहोस् : फेरि अर्की युवतीमा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५ पुग्यो
त्यस्तै, गत चैत १० गते कोरोना संक्रमण पुष्टि भएकी महिला पनि सोहि कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानका नेपाल आएका थिईन् । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ ।भाइरसको शंकामा स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको थियो । यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । परिक्षका लागि हङकङ पठाइएको स्याम्पल रिपोर्टमा नोबेल कोरोना भाइरस देखिएको अस्पतालले जनाएको थियो ।
यो पनि पढ्नुहोस् : कोरोना भाइरस : नेपालमा अर्का एक जनामा भेटियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया