‘९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पताल पुग्छन्’

कैलाली, २१ माघ- विश्व क्यान्सर दिवस आज विभिन्न ठा“उमा सचेतना मूलक कार्यक्रम गरी मनाइए पनि धनगढीमा भने कार्यक्रम गरिएन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक बर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरीन्छ । क्यान्सरको रोकथाम र नियन्त्रणसम्वन्धी सचेतनामुलक कार्यक्रम गरी मनाउने गरिए पनि धनगढीमा यो दिवस मनाइएको छैन् । जिल्ला जनस्वाथ्य कार्यलय धनगढीमा भने गत आथिक बर्षमा क्यान्सर उपचार आउनेमा महिला १०४ पुरुष ५९ गरी जम्मा १७३ जनाको सिफारीस गरीएकोमा चालु आथिक बर्षको ६ महिनाको अबधिमा महिला ५३ पुरुष ४७ जनाको उपचारमा सिफरीस गरीएको जिल्ला जनस्वथ्य कार्यालय कैलालीले जानकारी दिएको छ विश्व स्वास्थ्य संगठनले सन् २०१६ देखि २०१८ सम्मका लागि हामी सक्छौ, म सक्छु भन्ने नारा तय गरेको हो । हाम्रो मुलुकमा अझै करिब ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा पुगेपछि उपचारमा पुग्ने गर्छन् । यसैले गर्दा क्यान्सर पहिचान भएको छ महिना देखि एक वर्षमै मृत्यु हुने स्थिति हाम्रो मुलुकमा कायमै छ राम्रो स्वास्थ्य सेवा उपलब्ध भएका मुलुकहरूमा क्यान्सरको पहिचान भएपछि बिरामीहरू सरदर पा“च वर्षसम्म बा“च्ने दर बढीहुने सेति अन्चर अस्पतालका फिजिसिएकन डा. निराजन शर्मा पौडेलले बताए ढिलो रोग पहिचान नै मुख्य समस्या हो । यसैले गर्दा रोग निको हुने, उमेर लम्बिने, जीवनस्तर सहज हुनेजस्ता प्रक्रियाको फाइदा अन्तिम अवस्थामा आएकाहरूले पाउन सकिरहेका छैनन् सुदुरपश्मिको एक मात्र रिफर अस्पतालमा रहेको सेतिअन्चल अस्पतालमा भने न दरबन्दि छ न डक्टरनै न उपचार नि हुन्छ । अहिले नेपालमा ९० प्रतिशतजति बिरामी उपचार प्रक्रियाका लागि क्यान्सरको अन्तिम अवस्थामै पुग्ने गरेका छन् । क्यान्सर पहिलो अवस्थामा आफ्नो प्राथमिक अंगमै सीमित रहन्छ । यसपछि यो बिस्तारै शरीरका विभिन्न भागमा फैलिन थाल्छ । क्यान्सरका बिरामीहरू उपचारका लागि ढिलो आउनु नै हालको मुख्य समस्या हो । कैलाली जिल्लमा गत अर्थीक बर्षको १७३ रहेको मा चालु आर्थीक बर्षमा १०० क्यन्सर बिरामी देदिएका छन् यो संख्या लाई तुलना गर्नेहो भने झन्नै ५० प्रतिशतले बढ्दो देखिएको छ । नसर्ने रोग मध्यको एक प्रमुख रोग हो । यस कारण कैलाली जिल्लामा गत बर्षमा स्वयमसेबक चिसिकक तालिमलाई दिई सकेको र बिभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरीरहेका जिल्ला जनस्वाथ्य कार्यालय धनगढीका प्रमुख टङक प्रसाद चापागाईले जानकारी दिए मुलुकमा क्यान्सर रोगबारे कुनै विशेष अध्ययन गरिएको छैन । जिल्ल जनस्वाथ्य कार्यलय कैलालीका अनुसार मुलुकको एक लाख जनसंख्यामा एक सयदेखि एक सय बीस जनासम्म नया“ रोगी हरेक वर्ष थपिन्छन् मुलुकमा यो रोगले हुने मृत्युदर आदिलाई गणना गरेर नेपालमा बाह्रै महिना करिब ५५ हजार क्यान्सरका बिरामी हुन्छन् विश्व स्वास्थ्य संगठन का अनुसार बर्से्नि ८२ लाख व्यक्तिको मृत्यु क्यान्सरले हुन्छ । यो विश्वव्यापी रूपमा बसेनि हुने कुल मृत्युको १३ प्रतिशत हो । विश्वमा हाल एक सय प्रकारका क्यान्सर देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?