काठमाडौं, २१ माघ – नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले दुई मृगौला पीडितलाई एकसाथ सहयोग हस्तान्तरण गरेको छ काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका दुई पीडित गायिका जलजला परियारलाई २ लाख र गुल्मी, मदाने गाउँपालिका बिरामी बसन्त कुँवरलाई ३५ हजार सहयोग गरेको छ संघले लोकदोहोरीले मात्र नभएर सामाजिक सेवामा सहयोग गर्ने उद्देश्य समेत भएकाले सहयोगमा अघि सरेको व्यवसायी संघका अध्यक्ष समेत रहेका विनोद श्रेष्ठले बताए । संघले यसभन्दा पहिले देखि नै निरन्तर रुपमा अरु बिरामी पर्दा पनि सहयोग जुटाउँदै आएको उनले बताए अर्घाखाँचीकी जलजला परियार गायिका पनि हुन् । उनको मृगौलामा समस्या देखिएपछि सहयोग जुटाउने कार्य भइरहेको छ । त्यस्तै गुल्मीका बसन्त कुवँर पेशाले ड्राइभर हुन् भने कमजोर आर्थिक स्थितिका कारण उनले पनि सहयोगको याचना गरेका छन् आफूले सक्दो सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग जुटाउन पहल गरेको गायक सुनील थापाले बताए । साथै लोकदोहोरी व्यवसायी संघले जलजला र बसन्त कुँवरलाई उपचारमा धेरै खर्च हुने देखिएकाले सबैलाई सहयोगका लागि हात बढाउन आग्रह पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया