काठमाडौं । लक्ष्मी भ्यालु फन्ड-१ को समयावधि परिपक्क भएपछि कम्पनीको नेप्सेमा सूचीकरण खारेज गरिएको छ।
चैत ११ गते मंगलबारदेखि योजना अवधि समाप्त भएको हो। यससँगै फण्डको नेप्सेमा लक्ष्मी भ्यालु फन्ड १ को इकाई कारोबार बन्द भएको छ।
यसअनुसार चैत ९ गतेसम्म इकाई खरीद गरी कायम लगानीकर्ताले योजना खारेजी पश्चातको प्रतिफल पाउनेछन्।
नेप्सेमा फण्डको अन्तिम कारोबार प्रतिइकाई ९ रुपैयाँ ६४ पैसामा भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया