मेटलाईफ नेपालले यस्ता योजनामार्फत सेवा प्रदान गर्ने

काठमाडौं । मेटलाईफ नेपालले कार्यालय बन्द भएपनि विद्युतीय माध्ययमबाट सेवा प्रदान गर्ने भएको छ । कम्पनीले सरकारले जारी गरेको निर्देशन अनुसार भौतिक रुपमा कार्यालयहरु बन्द गरेको छ । जसबाट ग्राहकहरुलाई असर नपरोस भन्नका लागि विभिन्न योजनाहरु सार्वजनिक गरि सेवा प्रदान गर्न लागेको जनाएको छ ।

यस्ता छन् योजनाहरु :

  •  लकडाउनको अवधिका कारण बीमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमालेखहरुलाई निरन्तरता दिने
  • लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने कम्पनीको वेबसाइटबाट अनलाइन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने
  • अत्यावश्यक सेवा सम्बन्धि सम्पूणकार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने
  • फोन, फेसबुक र इ–मेल को मार्फत ग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका ब्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने
  • मेटलाइफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामुहिक जीवन बीमालेखहरु, बीमालेखका सर्तहरूको अधिनमा रहि सदा झै बीमा रक्षावरण प्रदान गरिने

साथै कम्पनीले ग्राहकहरुको लागि बीमालेख, बीमाशुल्क भुक्तानी वा बीमा दावी सम्बन्धि, कुनै जानकारी वा सेवा आवश्यक परेमा, कृपया हामीलाई तल उल्लेखित हाम्रो फोन नम्बर, इ–मेल वा अनलाइन मार्फत सम्पर्क गर्नका लागि समेत अनुरोध गरेको छ ।

साथै आफ्ना ग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका ब्यवसायिक साझेदारहरु प्रतिको उत्तरदायित्वलाई पूर्ण गम्भीरताका साथ लिईरहेको र निरन्तर सेवा दिने प्रतिवद्धता समेत कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?