कोरोना संक्रमणबाट बच्न सरकारको यस्तो एक्सन

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण सरकारले थप सतर्कताका लागि थप गृहकार्य थालेको छ ।

यसका लागि सरकारले काठमाडौं उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति राख्न सकिने क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल निर्माण गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले उक्त निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?