लिभरपुल र टोटनह्यामले अंक बाँडे, चेल्सी वाटफोर्डसँग खेल्दै

काठमाडौं, २२ माघ । इङ्गलिस प्रिमियर लिगमा लिभरपुल र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबारराति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहमद सालाहले दुई गोल गरे भने टोटनह्यामका भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे । खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई केनले गोलमा परिणत गरेपछि खेल बराबरीका सकिएको हो । प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा क्रिष्टल प्यालेस र न्युकासल युनाईटेडले १–१ गोलको बराबरी खेलेका छन् । प्रिमियर लिग फुटबलमा सोमबार राति चेल्सी र वाटफोर्ड भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?